• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान



काठमाडौँ। संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश पदका लागि प्रस्ताव गरिनु भएका सर्वोच्च अदालतका बरिष्टतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिले आज सार्वजनिक गरेको सूचनामा उजूरीका लागि १० दिनको समय दिइएको छ ।

गत साउन १९ गते संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई नेपालको प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । आज प्रकाशित सूचनामा उक्त पद (प्रधान न्यायाधीश) मा श्री श्रेष्ठलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित उजूरी वा सूचना दिनसक्ने जनाइएको छ ।

समितिमा स्वयम् उपस्थित भएर तथा इमेलबाट पनि उजुरी दिन सकिने छ ।

सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ । ४५ दिनभित्र निर्णय नभएमा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था नियमावलीमा छ । समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा प्रस्तावित पदाधिकारी अनुमोदित हुने व्यवस्था नियमावलीमा छ ।