९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको विवाद सतहमा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)  नेपालको  आन्तरिक  विवाद  सतहमा देखिन  थालेको  छ । जसपा  नेपालका  अध्यक्ष उपेन्द्र  यादवले  शनिबार  बैठक  बोलाएपछि अर्का  अध्यक्ष  महन्थ  ठाकुरले  बैठक  नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् । विज्ञप्तिमा उनले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार दिनको १ बजेदेखि पार्टी कार्यालयमा हुने भनेर विभिन्न सञ्चार  माध्यम  एवं  सामाजिक  सञ्जालबाट सूचना  र  समाचार  पाएकोप्रति  आफ्नो  गम्भीर ध्यानाकर्षण  भएको  उल्लेख  गरेका छन् । 

उनले  विज्ञप्तिमार्फत  जसपा  नेपालको  केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसको जानकारीसमेत आफूहरूलाई नभएको स्पष्ट पारेका छन् । अध्यक्ष  यादवले  भने  आफ्नो  निकटका सांसद  तथा  कार्यकारिणी  समिति  सदस्यको बैठक  बोलाएर  शनिबार  छलफल  गरेका छन् । 

यादव समूहले बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार जना सांसदलाई  कारबाही  गरेकोमा  ठाकुरले  त्यो निर्णय  आधिकारिक  नभएको  भन्दै  आपत्ति जनाइसकेका छन् । जसपा नेपालका  सांसद  रामबाबु  यादवले ठाकुर र राजेन्द्र महतो पक्षले   पार्टीको विधानविपरीत महतोलाई पार्टी संसदीय दलको नेता घोषणा  गरेको भन्दै कारबाहीको प्रस्ताव लगिने सञ्चारकर्मीहरूसँग बताए । 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि  कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने  भए पनि महतोलाई  विधानविपरीत संसदीय दलको नेता बनाइएको प्रतिक्रियासमेत दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।