६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको विवाद सतहमा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)  नेपालको  आन्तरिक  विवाद  सतहमा देखिन  थालेको  छ । जसपा  नेपालका  अध्यक्ष उपेन्द्र  यादवले  शनिबार  बैठक  बोलाएपछि अर्का  अध्यक्ष  महन्थ  ठाकुरले  बैठक  नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् । विज्ञप्तिमा उनले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार दिनको १ बजेदेखि पार्टी कार्यालयमा हुने भनेर विभिन्न सञ्चार  माध्यम  एवं  सामाजिक  सञ्जालबाट सूचना  र  समाचार  पाएकोप्रति  आफ्नो  गम्भीर ध्यानाकर्षण  भएको  उल्लेख  गरेका छन् । 

उनले  विज्ञप्तिमार्फत  जसपा  नेपालको  केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसको जानकारीसमेत आफूहरूलाई नभएको स्पष्ट पारेका छन् । अध्यक्ष  यादवले  भने  आफ्नो  निकटका सांसद  तथा  कार्यकारिणी  समिति  सदस्यको बैठक  बोलाएर  शनिबार  छलफल  गरेका छन् । 

यादव समूहले बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार जना सांसदलाई  कारबाही  गरेकोमा  ठाकुरले  त्यो निर्णय  आधिकारिक  नभएको  भन्दै  आपत्ति जनाइसकेका छन् । जसपा नेपालका  सांसद  रामबाबु  यादवले ठाकुर र राजेन्द्र महतो पक्षले   पार्टीको विधानविपरीत महतोलाई पार्टी संसदीय दलको नेता घोषणा  गरेको भन्दै कारबाहीको प्रस्ताव लगिने सञ्चारकर्मीहरूसँग बताए । 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि  कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने  भए पनि महतोलाई  विधानविपरीत संसदीय दलको नेता बनाइएको प्रतिक्रियासमेत दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।