७ श्रावण २०८३, बिहीबार
,
Latest
चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भटाभट कुखरा मर्न थाले



अ+ अ-

काठमाडौं । कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका  छन् । पछिल्लो  समय  किसानको  खोर नै  रित्तो  हुनेगरी  कुखुरा  मर्न  थालेको  किसानको गुनासो छ । “मेरो  खोरमा  केही  दिनयता  दुई  हजार पाँच सय कुखुरा मरे। डोजर लगाएर गाड्नुको विकल्प  छैन,”  चितवनका एक व्यावसायिक किसान  भन्छन्, “मर्ने  कुखुरामा  दाना  पानी कम खाने, हरियो  दिसा  गर्ने, मुन्टो  बटार्ने, अण्डा कम दिनेजस्ता लक्षण देखिएपछि भटाभट मर्न थालेका छन् ।”

कुखुरामा देखिने यस्ता लक्षण एक प्रकारको सरुवा रोग रानी खेतको भएको विज्ञको भनाइ छ । पछिल्लो  समय चितवनलगायत कुखुरा उत्पादन  बढी हुँदै आएको क्षेत्रका किसान यस्तै  रोगको  समस्यामा  छन् ।  

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा  पनि यसरी मर्ने कुखुरामा रानीखेत भेटिएको प्रयोगशालाका सूचना अधिकारी  पशु  चिकित्सक  इन्दुराय  यादवले जानकारी दिए ।  यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।