६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भटाभट कुखरा मर्न थाले



अ+ अ-

काठमाडौं । कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका  छन् । पछिल्लो  समय  किसानको  खोर नै  रित्तो  हुनेगरी  कुखुरा  मर्न  थालेको  किसानको गुनासो छ । “मेरो  खोरमा  केही  दिनयता  दुई  हजार पाँच सय कुखुरा मरे। डोजर लगाएर गाड्नुको विकल्प  छैन,”  चितवनका एक व्यावसायिक किसान  भन्छन्, “मर्ने  कुखुरामा  दाना  पानी कम खाने, हरियो  दिसा  गर्ने, मुन्टो  बटार्ने, अण्डा कम दिनेजस्ता लक्षण देखिएपछि भटाभट मर्न थालेका छन् ।”

कुखुरामा देखिने यस्ता लक्षण एक प्रकारको सरुवा रोग रानी खेतको भएको विज्ञको भनाइ छ । पछिल्लो  समय चितवनलगायत कुखुरा उत्पादन  बढी हुँदै आएको क्षेत्रका किसान यस्तै  रोगको  समस्यामा  छन् ।  

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा  पनि यसरी मर्ने कुखुरामा रानीखेत भेटिएको प्रयोगशालाका सूचना अधिकारी  पशु  चिकित्सक  इन्दुराय  यादवले जानकारी दिए ।  यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।