• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

जब नेपाली विद्यार्थी दिल्लीका घरमा पाहुना बने…..



काठमाण्डौ। गएको साउन ५ गते शनिबार विद्यार्थी आदान प्रदान कार्यक्रममा नयाँदिल्ली गएका ट्रिटन सेकेण्डरी स्कुल तिनकुनेका १९ जना विद्यार्थी नयाँदिल्लीका स्कुले विद्यार्थीहरुको घरमा पाहुना बनेर नौलो अनुभव संगाली नेपाल फर्केका छन् ।

विद्यालयकी निर्देशक ममता शाहको नेतृत्वमा भारत नयाँदिल्लीको विकासपुरीस्थित आदर्श पब्लिक स्कुलको मैत्रीपुर्ण निमन्त्रणमा १९ जना विद्यार्थी तथा अरु ३ जना शिक्षकको टोली त्यहाँ गएको थियो ।

टोलीमा ट्रिटन स्कुलका भाइस प्रिन्सिपल सुजित तामांग, अतिरिक्त कृयाकलाप संयोजक शिव गैरे तथा शिक्षिका मन्दिरा बुढाथोकी संलग्न थिए ।

साउन ६ गते अपरान्ह आदर्श पब्लिक स्कुल विकासपुरीमा पुगेका ति विद्यार्थीलाई सो विद्यालयकी प्रिन्सिपल पुजा मल्होत्राले स्वागत गरेकी थिइन् । विद्यालयमा आयोजित स्वागत तथा सांस्कृतिक आदानप्रदान र आँखामा पट्टि बाँधेर देखाउने कला (ब्लाइण्ड फोल्ड) कार्यक्रमपछि आदर्श पब्लिक स्कुलमा पढ्ने विद्यार्थीहरुले ट्रिटन स्कुलका दुई/दुईजना विद्यार्थीलाई आआफ्नो घरमा पाहुना बनाएर लगेका थिए ।

दिल्लीमा गएका १९ जना विद्यार्थीहरुमा सायना धौगोडा, अनुस्का साह, विद्या आचार्य, डिसुजा चौधरी, आर्या खड्का, सनाया कर्ण, अनिशा शिवभक्ति, उपासना थापा, आस्था साह, प्रतिक्षा श्रेष्ठ, प्रतिक्षा घिमिरे, अद्धत्ता धौगोडा, सुहाना श्रेष्ठ, आर्या खत्री, अंकिता चौलागाई, कृष्ण चौहान, अद्धविक धौगोडा, आयुष श्रेष्ठ र मुकेश कुँवर थिए ।

जसमध्ये सनाया कर्ण र सायना धौगोडा पविता शर्माको घरमा पाहुना बनेका थिए भने अद्धविक धौगोडा र कृष्ण चौहान अनुष्का र केशवको पाहुना बने ।

यसैगरि अनिशा शिवभक्ति र आर्या खड्का माहि त्यागीको पाहुना र आर्या खत्री वालीनगरकी लविका सारणको पाहुना बनेकी थिइन् । यसरी नै ट्रिटनबाट गएका अरु विद्यार्थी पनि आदर्श पब्लिक स्कुलका अरु विद्यार्थीहरुको घरमा पाहुना बनेर नयाँ अनुभव संगालेका थिए ।

त्यसो त शिक्षिका मन्दिरा बुढाथोकी पनि त्यहाँकी शिक्षिक बन्दना खन्नाको पाहुना बनेकी थिइन । पाहुना बनेका ट्रिटनका विद्यार्थीलाई आफ्नै घरको सदस्य सरह मानेर अतिथि सत्कार गरेका थिए भने फर्किने बेलामा खानेकुरा र अन्य उपहारका सामग्री किनेर विदा गरेका थिए ।

पाहुना बनेर बस्दा आयोजक घरको दिदी दाई र साथीहरुका साथै घरका अंकल अन्टीहरुले माया गरेको अनिशा शिवभक्तिले बताइन् ।

नयाँदिल्ली बसाईका क्रममा विद्यार्थीहरुले इण्डिया गेट, गुरुद्धारा, लोटस टेम्पल, विज्ञान संग्रहालयको साथै प्यासीफिक मलको भ्रमण गरेका थिए । नेपाल फर्किने बेलामा आर्दश पब्लिक स्कुलकी प्रिन्सिपल पुजा मल्होत्राले ट्रिटन स्कुलका निर्देशक ममता शाह, भाइस प्रिन्सिपल सुजित तामांग, अतिरिक्त कृयाकलाप संयोजक शिव गैरे र शिक्षिका मन्दिरा बुढाथोकीलाई उपहार प्रदान गरेकी थिइन् भने ट्रिटन स्कुलका निर्देशक ममता शाहले आदर्श पब्लिक स्कुलकी प्रिन्सिपल पुजा मल्होत्रा लगायतलाई ट्रिटन स्कुलको तर्फबाट उपहार प्रदान गरेकी थिइन् ।