• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री ★   लालुपाते सहकारी घोटला प्रकरण: बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति ★   रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह ★   विश्वकपबारे रोहित भन्छन्– ब्याटिङमा राम्रो गर्न सकेनौँ ★   सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो: प्रधानमन्त्री दाहाल

संसद् अवरोध हुँदा जनताको आवाज राख्न पाईएन– महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएको भन्दै गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फाइल पल्टाएर हेर्ने हो भने सुन प्रकरणको मात्रै नभएर १० दिनसम्म ध्यानाकर्षण गर्ने थुप्रै विषय बाँकि रहेको बताए ।

उनले प्रतिपक्ष नेकपा एमालेलाई ‘नियमापत्ति’ र ‘आपत्ति’ भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह गरे । संसद् जनताको आस्था भएकोले यहाँ जति पनि निर्वाचित भएर आएका सांसदहरू छन्, प्रत्येकले प्रश्न गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ भन्ने उनको भनाई छ ।

‘गृहमन्त्रीले यहाँ उभिएर जवाफ दिनुपर्छ भनेर भन्ने कुराको लागि पनि संसदको प्रांगणमा उभिएर भन्नुपर्छ । भनियो संसद प्रतिपक्षको भनेर । प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ’, उनले भने, ‘प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’