![](https://newspolar.com/wp-content/uploads/2023/08/kathmandhu-flod-13.jpg)
काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी कपन, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको छ ।
निरन्तर वर्षापछि डुबानमा परेको काठमाडौँ उपत्यकाका खोला वरिपरिका बस्तीहरुलाई पोर्चुगलकी स्वतन्त्र फोटो पत्रकार क्यार्लोटा लिटाओले आफ्नो क्यामेरामा कैद गरेकी छन् ।