• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर ★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान



काठमाडौँ । संसदीय सुनुवाइ समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले सुनुवाइको प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गरिने र उजुरीका लागि १० दिनको समय दिक्षर््ने समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।

साउन १८ मा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ प्रक्रिया पुरा भएर अनुमोदन भएपछि मात्रै उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।