२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका पूर्वमेयर पिएल सिंह बिरामी, भेट्न कांग्रेस नेता कोही गएनन्



अ+ अ-

काठमाडौँ । अस्वस्थ भई उपचाररत काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहलाई भेट्न नेपाली कांग्रेसका नेताहरु अहिलेसम्म कोही पनि नगएको बुझिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई यही साउन १४ गते अस्पताल भर्ना गरिएको थियो । अहिले उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । पहिला पिसाबसम्बन्धी संक्रमणबाट पीडित सिंहलाई केही समयदेखि अल्सरको समस्या देखिएको थियो ।

८४ वर्षीय सिंहलाई आईसियुमा राखेर उपचार गरिएको थियो । विसं २०४९ मा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई सिंह काठमाडौ महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको थियो ।

लामो समयदेखि बिरामी भई अस्पतालमा भर्ना हुँदा समेत कांग्रेस नेता सिंहलाई कांग्रेसका कुनै पनि नेता भेट्न नगएको बताइएको छ ।