२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान स्टारर ‘राधे’को पहिलो दिनकै कमाई १३० करोड



अ+ अ-

एजेन्सी । गत बिहिबार (इद) देखि रिलिज भएको फिल्म राधेः योर मोस्ट वान्टेड भाईले राम्रो कमाइ गर्न सफल भएको छ । आँकडालाई हेर्दा भारतमा मात्र पहिलो दिन यस फिल्मले १२५ करोडको कलेक्शन गरेको छ । 

यो सलमान खानको कुनैपनि फिल्ममध्ये अहिलेसम्म सबैभन्दा ठूलो ओपनिंग हो । सलमानको कुनैपनि फिल्मको सबैभन्दा ठूलो ओपनिंग उनको पछिल्लो फिल्म भारत रहेको छ । जसले रिलिजको दिन ४२ करोड ३० लाख कमाई गरेको थियो । 

जी फाइभको मुख्य व्यवसाय अधिकारी मनीष कालराका अनुसार यदि सलमानको फिल्म सिनेमा घरमा १ करोड मानिसले हेरेमा त्यस फिल्मले थोरैमा पनि दुई सय करोड कमाई गर्ने थियो । जी स्टुडियो, जी५ र जी सिनेप्लेक्सले मिलेर फिल्म रिलिजको नयाँ रेकर्ड राखेका छन् । 

पहिलो दिनमा ४२ लाख दर्शकले राधे फिल्म हेरे । फिल्मको प्ले बटन दबाएपछि ६ घण्टाभित्र यो फिल्म हेर्नका लागि दर्शकले २९९ रुपैया खर्च गर्नुपर्यो । यो हिसाबले फिल्मले पहिलो दिन १२५ करोडको कमाई भारतमा मात्र गर्यो । यस्तै विदेशमा पहिलो दिनमा यस फिल्मले ४.५ करोड कमाई गरेको थियो ।