२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीको निधन



अ+ अ-

 काठमाडौ । कवि, गीतकार, मुक्तककार, उपन्यासकार, चलचित्र लेखक, निर्देशक, लोक संस्कृतिविद एवम् संकलक चेतन कार्कीको आज निधन भएको छ । केही दिन अघि भारतको देहरादुनस्थित घरबाट नेपाल फर्किए पछि उहाँलाई ज्वरो आएको थियो ।

ज्वरो आएपछि छाउनीस्थित सैनिक अस्पतालमा गत आइतबार भर्ना हुनुभएका कार्कीको आईतबार  बिहान निधन भएको हो  । स्याङ्जाको वाँटरी गाउँमा  १९९५ साल कार्तिक २१ गते जन्मिएर भारतको देहरादुनमा हुर्किंदै शिक्षा–दीक्षा प्राप्त गर्नुभएका कार्की २० को दशकबाट लेखनमा प्रवेश गरेका गर्नुभएको थियो । 

२०२३ सालमा कल्याण शेरचनको कल्याण पकेटबुक्सबाट आत्मा बेचेको छैन उपन्यास प्रकाशनसँगै गीत, मुक्तक, कविता र लोकसंस्कृतिमा उहाँको ठूलो योगदान रहेको छ ।

परिवर्तन, सिन्दूर, जीवन रेखा, कान्छी, भुमरी, बदलिंदो आकाश, कन्यादान, पहिलो प्रेम लगायतका चलचित्रमा गीत लेखन गरेका कार्कीले परिवर्तन चलचित्रबाटै हीरासिंह खत्रीको सहायक भई निर्देशनको काम शुरु गर्नुभएको थियो । का थिए । उनले लेखेका चलचित्रका गीतमा गोपाल योन्जनले सबैभन्दा धेरै संगीत दिएका छन् । 

बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाका, बैनीको दया छ भने, छोरीको जन्म-हारेको कर्म, तीजको लहर आयो बरीलै, कस्तूरी है बास आउँछ भन्छन्, जतिको माया मेचीलाई-उति महाकालीलाई, कान्छी हे कान्छी लगायतका दर्जनौं गीत कालजयी बनेका छन् ।

जून निदाउन थाल्यो, माया प्रीतिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) पुस्तक प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक अंग्रेजी भाषामा प्रकाशित छ ।

आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून उनका चर्चित उपन्यास मानिन्छन् । पछिल्लो समय उनी संगीतकार नारायण वलीको संगीतमा आफ्नो एल्वम निकाल्ने तयारीमा थिए ।  १ श्रीमती र दुई छोराका साथमा ललितपुरमा बसोबास गर्दै आउनु भएका कार्कीको निधनले नेपाली कला,साहित्य र संस्कृति क्षेत्रको एक धरोहर गुमाएको छ ।