२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

उनीहरु एक्लो छैनन्, नदि किनारमा भेटिएकी बाछी आमा बन्ने भइन् !

उनीहरु एक्लो छैनन्, नदि किनारमा भेटिएकी बाछी आमा बन्ने भइन् !
अ अ+ अ-

काठमाडौँ । झण्डै १५ दिन उमेरको एउटा बाछी नदी किनारमा फेला पर्यो । धेरै मुस्किलले उनलाई बचायौं । आज उनी आमा बन्ने भएकी छिन । धापासीमा कसैको खुकुरी प्रहारबाट शरिरको झण्डै २ केजीभन्दा ज्यादा मासु गायब भएको बाछाको उद्धार २०७७ साउन १५ गते भयो । होशियारीपूर्वक उस्को उपचार गरियो, आज उ तन्दूरुस्त भएको छ ।

खान नपाएर जीर्ण बनेका पानी पिउन नपाएर प्याक प्याक मुख सुकेके, सडक दूर्घटनामा घाईते बनेका, सानो उमेरमै बाटोमा फालिएका, कुकुरले टोकेर रेबिज रोग लागेका र यस्तै अनेक किसिमले दूब्र्यवहारमा परेका गाईबाछाहरुको संरक्षणका लागि २०७६ जेठ १ गते स्थापना गरिएको असहाय गाईबाछा संरक्षण अभियानले तेश्रो बर्षमा पदार्पण गर्दैगर्दा धेरै सफलताका कथाहरु सिर्जना भएका छन । 

वाग्मती नदी सफाईका क्रममा हरेक दिन कम्तिमा एउटा बाछाको अन्त्येष्टी गर्नुपरेको क्रुर अनुभवलाई समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस भन्ने हेतु असहाय गाईबाछा संरक्षण अभियानको थालनी भएको हो । २०७० देखि २०७६ को अवधिमा नदी किनारमा १४०० मृत गाईबाछाहरुको अन्तिम ब्यवस्थापन गर्नुपरेको कटु अनुभवले के दर्शाएको छ भने खासगरि काठमाडौं उपत्यका भित्र हरेक दिन मासुका लागि असहाय गाईबाछाहरुको तस्कर गर्ने र उनीहरुलाई मार्ने गरिएको समेत पाईएको छ ।

नदी किनारमा देखिने लादीका थुप्रोहरु यस्का उदाहरण हुन । कुकुरको टोकाई, गाडीको ठक्करले दैनिक आधादर्जन गौप्राणीको हत्या हुने गर्दछ । अखाद्य पदार्थ खाएर या पानी पिउन नपाएर र खाना खानै नपाएर दैनिक ३ वटा यस्ता प्राणीहरु मर्ने गर्दछन ।

अत्यन्तै साना महिना दिनपनि उमेर नपुगेका बाछाहरु खानै नजानेर कमजोर भै मर्ने गर्दछन । यसरी दैनिक एक दर्जन ज्यादा राष्ट्रिय जनावर या तीनका सन्तानले मृत्युवरण गरिरहेको सन्दर्भमा उनीहरुको उचित हेरचाह गर्दै जिबन दिने उदेश्यले स्थापना भएको अहिाय गाईबाछा संरक्षण अभियान अन्तर्गत यसबखत २०० ज्यादा गाईबाछाले नयाँ जिबन पाईरहेका छन । अब उनीहरु एक्लो छैनन् ।

उपत्यका लगायत काभ्रे जिल्ला समेतबाट सडकमा बिचल्लीमा पारिएका गाईबाछाहरुलाई संकलन गर्दै उनीहरुलाई जिबन दिने कार्यलाई स्वयंसेवी रुपमा संचालन गरिएको हो । पूर्ण रुपमा स्वयंसेवी तवरले संचालन गरिएको यस अभियान अन्तर्गत पछिल्लो समयमा बिभिन्न ब्यक्तिहरु आफ्नो जन्मदिन, आफन्तको स्मृती लगायत बिबिध शुभकार्यका अवसरमा संरक्षण स्थल आई उनीहरुलाई भोजन गराउने गरिरहनु भएको छ ।

हामी गर्न सक्छौं र हामीले गर्नुपर्छ भन्ने आदर्शलाई पछ्याउँदै शुरु गरिएको यस अभियानका क्रममा बितेका २ बर्षमा ३५० ज्यादा गाईबाछाको बिभिन्न स्थानबाट उद्धार गरिएको छ । छाना, खाना र उपचारको उचित प्रवन्धको सुनिश्चितता यस अभियानले गर्दै आएको छ ।

नेपालमा स्वयंसेवी अभियानको औचित्य पुष्टि गर्दै समाज परिवर्तनका लागि स्वयंसेवी अभियान सम्भव छ भन्ने मान्यता स्थापनामा यस अभियानले प्रमाणीत गरेको छ । राष्ट्रिय जनावर र तिनका सन्तानमाथीको क्रुरता र अन्याय अन्त्य गरौं, प्राणी अधिकारको सम्मान गरौं भन्ने आग्रह गर्दै यसतर्फ सरकारी निकायको ध्यान आकर्षित गर्ने र गाईपालक कृषहरुलाई आफ्नो नैतिकतालाई बन्धकी नराख्न आग्रह गर्दै आएका छौं ।

स्थानीय सरकारले प्रत्येक नगर या गाउँ पालिकामा एउटा कान्जि हाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा सरकारी लगानीगर्दा बाछा ब्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले बहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तीनका सन्तामाथीको क्रुरतालाई कानूनी रुपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय ईकाईबाट अर्को ईकाईमा गाईबाछा ओसार पसारमा स्थानीय निकायको अनुमती अनिवार्य गर्नुपर्ने जस्ता बिषयमा यस अभियानले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

स्थापनाको तेश्रो बर्षमा प्रबेश गर्दैगर्दा प्रत्यक्ष वा परोक्ष रुपमा यस अभियानप्रति साथ र सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछौं ।

(पुडासैनी असहाय गाईबाछा संरक्षण अभियानका अध्यक्ष हुनुहुन्छ ।)