११ श्रावण २०८३, सोमबार
,
Latest
व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक ‘रेस्क्यू टनेलको भयो ‘ब्रेक थ्रु’



अ+ अ-

नागढुंगा । नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ ।

सोमवार चार वर्ष अगाडि शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम पूरा भएको हो । सुरुङ मार्ग निर्माणको क्रममा एक मिटर रेस्क्यु टनेललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । ब्रेक थ्ररूमा उपस्थित कार्यक्रमा बोल्दै मन्त्री ज्वालाले नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थु्र’ भएसँगै नेपालको यातायात क्षेत्रमा सुरुङ युगमा प्रवेश गरेको बताउनु भयो।

मन्त्री ज्वालाले नेपाल पहाडले भरिएको देश भएकाले छिटो छरितो यातायातको लागि देशमा सुरुङ मार्गको आवश्यकता रहेको बताउनु भयो । उहाँले नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ भएको र केही महिनापछि मुख्य टनेलको पनि ‘ब्रेक थ्रु’ गरिने बताउनु भयो। उहाँले सरकारले नियमित रुपमा अनुगमन गरी सुरुङ मार्ग निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गरी एक वर्षभित्रै टनेलमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो।

उहाँले नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुँदा अत्यन्त गौरवको अनुभूमित भएको बताउनु भयो । उहाँले आजको दिन नेपालको यातायात क्षेत्रको लागि ऐतिहासिक दिन भएको पनि उल्लेख गर्नु भयो। उहाँले नेपाल सरकार अब निरन्तर रुपमा सुरुङ मार्ग निर्माणको अभियानमा लाग्ने बताउनु भयो। उहाँले सुरुङ मार्ग बनाउन सहयोग गर्ने जापान सरकार जाईकालाई धन्यावाद दिनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो पालामा नेपालको यातायात क्षेत्रमा सुरुङ युगमा प्रवेश गरेको छ । नेपाल पहाडले भरिएको देश भएकाले छिटो छरितोको लागि देशमा सुरुङ मार्गको आवश्यकता छ । हामीले नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ गरेका छौं । यो खुलेको छ । केही महिनापछि मुख्य टनेल पनि खुल्ने छ । सरकारले नियमित रुपमा अनुगमन गरी यो कामलाई छिटोभन्दा छिटो सम्पन्न गरेर केही महिना भित्र चालु आर्थिक वर्ष भित्र (एक वर्षभित्रै) टनेलमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम गर्ने छौं । आजको दिनमा अत्यन्त गौरवको अनुभूमित भएको छ । यो ऐतिहासिक दिन पनि हो । आज जुन सुुरुङ मार्गको रेस्क्यू टनेल ‘‘ब्रेक थ्रु’ भएको छ । यसले मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ । सरकार अब निरन्तर रुपमा सुरुङ मार्गको अभियानमा लाग्ने छौं । सुरुङ मार्ग बनाउन सहयोग गर्ने जापान सरकार जाईका सबैलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु ।’

सोमवार ब्रेक थ्रु भएको रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको भने २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम करिव १८ प्रतिशत बाँकी रहेको छ । नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माणको काम जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको साढे १३ अर्ब रुपैयाँको सहयोगमा निर्माण भएको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेत सँगै बनिरहेका छन् । उक्त आयोजना २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो । तर, कोरोना, लकडाउन र मुआब्जालगयतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको हो ।