काठमाडौं । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने भएको छ ।
आज सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय गरिएको हो ।
खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन पनि दिइएको बैठकले जनाएको छ ।
सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिती रहेको थियो ।











