२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब दुबईबाट इराक जान लागेको विमानबाट भालु निस्कियो…



अ+ अ-

एजेन्सी । दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । दुबई एयरपोर्टबाट प्रस्थान गर्नु अघि इराकी विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यो घटनाले उडान ढिलो मात्र होइन, सामाजिक सञ्जालमा प्रतिक्रियाको लहर पनि पैदा गरेको छ।

इराकका प्रधानमन्त्रीले यस घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकी एयरवेजले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । एयरलाइन्सले भालु बगदादबाट दुबई ल्याइएको र यसको चालक दलले संयुक्त अरब इमिरेट्स (युएई)का अधिकारीहरूसँग सहकार्य गरेको बताएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा विमानका क्याप्टेनले उडान ढिला भएकोमा यात्रुसँग माफी मागेको देख्न सकिन्छ । ढिलाइ हुनुको कारण कार्गो होल्डमा रहेको आफ्नो क्रेटबाट भालु भागेको बताइएको छ । भालुलाई विमानबाट निकाल्दा सबै यात्रीलाई ओरालियो । घटनामा कुनै यात्रीलाई चोट पुगेन ।

इराकी एयरवेजले भालु ढुवानी गर्दा अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा अनुमोदित प्रोटोकलहरू र कानुनी मापदण्डहरू पुरा गरेको बताएको छ।

अन्तर्राष्ट्रिय यात्राका लागि विश्वकै व्यस्त विमानस्थलको रूपमा चिनिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

इराकमा धनाढ्यबीच भालु पाल्ने प्रचलन लगातार बढ्दो छ । उनीहरु शिकारी जनावरहरुलाई घरपालुवा जनावरको रूपमा राख्न रुचाउछन् । यसैबिच इराकी अधिकारीहरूले जंगली जनावरहरूको संरक्षण गर्ने उद्देश्यले नियमहरू लागू गर्न चुनौतीहरूको सामना गरिरहेका छन् ।

त्यस्ता जीवहरूलाई शहरको सडकमा घुम्न वा रेस्टुरेन्टहरूमा विदेशी खानाको रूपमा प्रयोग गर्नबाट रोक्नको लागि बग्दादको प्रहरीले नागरिकहरूलाई त्यस्ता जनावरहरूको रिपोर्ट गर्न आग्रह गरेको छ।