२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर र आलियाको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ले १० दिनमा १०० करोड कमायो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानी की प्रेम कहानी’ ले बक्स अफिसमा १० दिन पूरा गरेको छ ।

राम्रो प्रतिक्रिया पाइरहेको यस फिल्मले १० दिनमा सय करोडको आँकडा पार गरेको छ । फिल्म ‘रकी र रानी की प्रेम कहानी’ मा दुबै स्टारको केमेस्ट्रीलाई दर्शकले रुचाएका छन् र जसको नतिजा कमाईको आँकडामा प्रष्ट देखिन्छ ।

२८ जुलाईमा सिनेमा हलमा रिलिज भएको यस फिल्मलाई सुरुदेखि नै निकै रुचाइएको थियो । ११ करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १६ करोड ५ लाख भारू कमाएको थियो ।  फिल्मले अहिलेसम्म १०५.०८ करोड कमाइसकेको छ । यसले पहिलो साता ७३.३३ करोड कमाएको थियो भने दोस्रो हप्तामा ३१.७५ करोड कमाएको थियो । फिल्मले चार दिनसम्म कमाइ गर्ने राम्रो सम्भावना छ ।

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

सन्नी देओलको ‘गदर २’ र अक्षय कुमारको फिल्म ‘ओएमजी २’ अगस्ट ११ शुक्रबारबाट बक्स अफिसमा रिलिज हुँदैछन् । यी फिल्म रिलिज भएपछि रणवीर सिंह र आलिया भट्टको फिल्म प्रभावित हुनेछ ।