१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारको सबैभन्दा ठूलो २५० मिटर अग्लो रोटे पिङ रहस्यमय रूपमा बन्द भयो



अ+ अ-

एजेन्सी । संसार कै सबैभन्दा ठुलो रोटे पिङ (स्विङ) घुम्न बन्द भएको छ । करिब दुई वर्षअघि मात्रै दुबईका गगनचुम्बी भवनहरूबीचमा विश्वको सबैभन्दा ठूलो रोटे पिङ तयार गरी सर्वसाधारणका लागि खुला गरिएको थियो। तर, यसको प्रक्षेपण भएको केही महिनापछि, रहस्यमय रूपमा चल्न बन्द भयो।

यो रोटे पिङलाई ‘दुबई आई’ पनि भनिन्छ। दुबई आई संयुक्त अरब इमिरेट्सको ग्ल्याम-हबमा पर्यटक-बाइटिङ ल्यान्डमार्कको रूपमा डिजाइन गरिएको थियो। तर,अहिले अज्ञात कारणले अलपत्र परेको छ ।

१९०० जना एकैसाथ बस्न र स्विङ गर्न सक्ने विश्वको सबैभन्दा ठूलो फेरीस ह्वील ‘दुबई आई’रहस्यमय रुपमा घुम्न बन्द भएको छ । २०२१ मा उद्घाटन हुने भनिएको परियोजना किन बन्द भयो भनेर लगानीकर्ताहरुले जवाफ दिन सकेका छैनन्।

फेरीस ह्वीलको सुन्दरताको लोभमा वरिपरि बनेका रेस्टुरेन्ट, पसल र क्याफेका मालिकहरु करिब ६ वर्ष लगाएर निर्माण भएको उक्त झुला कहिल्यै नचल्ने भएपछि निराश भएका छन् । नजिकैको पसलका एक कर्मचारीले भने, ‘गत वर्ष उनीहरुले हिउँदमा खोल्ने वाचा गरेका थिए, अहिले पनि जाडोमा फेरि खोल्ने भनिरहेका छन् ।

एक वर्षभन्दा बढी समयदेखि, फेरीस ह्वीलको मुख्य प्रवेशद्वार बन्द छ र टिकट बुथ सुनसान छ। २५० मिटर उचाई भएको यस स्विङमा जम्मा ४८ वटा पोडहरू छन्, जसमा १९०० जना एकैसाथ बस्न र स्विङ गर्न सक्छन्। चार खुट्टाको संरचनामा बनेको यो स्विङको एउटा खुट्टाको तौल बोइन्ड ७ह्७ जम्बो जेटको तौल बराबर हुन्छ। कुल वजन ९०० टन छ। एक खुट्टाको को उचाई १२५ मिटर छ।

यसलाई दुबईको आर्टिफिसियल टापु ब्लूवाटर आइल्याण्डमा जडान गरिएको छ । अप्रिल २०१९ मा, यहाँ स्विङ जडान गर्ने घोषणा गरिएको थियो।