२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

समाधानतर्फ एमाले विवाद, १० सदस्यीय कार्यदल गठन

समाधानतर्फ एमाले विवाद, १० सदस्यीय कार्यदल गठन
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ । 

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गर्नुभएको हो । यसअघि गत बैशाख ३० गते दुई नेताबीच भएको बैठकमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो । 

आईतबार सिंहदरबारमा अध्यक्ष ओली संग भेट गरेर बाहिरीने क्रममा नेता नेपालले दुवै पक्षका ५/५ जना सदस्य रहेको १० सदस्यीय कार्यदल गठन भएको जानकारी दिनुभएको हो । उहाँले आफुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदा र २०७५ जेठ २ गते भन्दा पहिलेको अवस्थामा पार्टीलाई फर्काउने गरी अरु बाँकी सबै कुराहरु टुंगो लगाउनका लागि कार्यदल गठन भएको जानकारी दिनुभयो ।

कार्यदलमा नेता नेपाल पक्षबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त तथा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीको पक्षबाट नेता सुवास नेम्वाङ्गको नेतृत्वमा, विष्णु पौडेल, प्रदीप ज्ञवाली ,शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।

कार्यदललाई ३ दिनको समय दिईएको छ ।