• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक जना पक्राउ



कास्की । प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

नाबालिका तथा महिलालाई ललाई फकाई यौनजन्य क्रियाकलापमा लगाउने गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका(८ सृजना चोकमा खाजाघर संचालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेतीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनको होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।