२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ।

सोमबार सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो।

एमालेकी सांसद दिलकुमारी रावलले सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताइन । उनले सरकारले छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने बताइन्।

राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले एमालेलाई अवरोध हटाएर अघि बढ्न पटक पटक आग्रह गर्दा पनि सांसदहरूले अडान नछोडेपछि साउन २४ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरेका हुन् । साथै, अध्यक्ष तिमल्सिनाले समस्याको निकास निकाल्न सदनको रोष्ट्रमबाट शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराए।

अवरोध हटाउन सभामुख देवराज घिमिरेले तीन ठूला दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।