२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा’लाई दुई भागमा रिलिज गरिने



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय सिनेमाका सुपरस्टार अल्लु अर्जुन अभिनित आगामी एक्शन फिल्म पुष्पालाई दुई भागमा रिलिज गरिने भएको छ । यसबारे फिल्म निर्माण टिमले विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । 

निर्माण टीमका अनुसार यो बहुभाषी फिल्मको पहिलो भाग यसै वर्ष सिनेमाघरमा रिलिज हुनेछ । जबकि अर्को भाग २०२२ मा प्रदर्शन हुनेछ । 

अल्लु अर्जुनको यो पहिलो फिल्म हुनेछ जसलाई हिन्दीसमेत गरी ५ भाषामा रिलिज गरिनेछ । सुकुमारको निर्देशनमा बनिरहेको यस फिल्ममा अल्लु अर्जुनले पुष्पा राजको भूमिका निर्वाह गरेका छन् । 

फिल्ममा उनको अपोजिटमा रश्मिका मन्डाना देखा पर्नेछिन् । अल्लु र रश्मिका पहिलोपटक एकै फिल्ममा देखा पर्दैछन् ।  १३ अगस्टमा यस फिल्मलाई रिलिज गर्ने निर्माण टिमको तयारी छ ।