२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा



अ+ अ-

एजेन्सी । लियोनल‌ मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एफसी डालासको घरेलु मैदानमा भएको खेलमा डालासलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै मायमी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित तथा अतिरिक्त समयको खेल ४-४गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

मायमीले सुरुवाती अग्रता लिएपनि पछि डालास खेलमा फर्किएको थियो । खेलको ८३ अ‍ौं मिनेटसम्म डालास ४-२ ले अघि रहेको थियो । त्यसको ५ मिनेटको अन्तरमा मेस्सीको लगातार दुई फ्रिकिकमा गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा सुरुवाती अग्रता मेस्सीले छैटौँ मिनेटमा दिलाएका थिए। तर त्यसपछि लगातार तीन गोल गर्दै डल्लास ३-१ गोलले अगाडि बढेको थियो। डल्लासका फाकुन्डो क्विगननले खेलको ३७ अ‍ौं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा बर्नार्ड कामुंगोले डल्लासलाई अग्रता दिलाए । खेलको ६३ अ‍ौं मिनेटमा एलन भेलास्कोले गोल गरेपछि डालास ३(१ ले अघि बढेको थियो ।

मियामीले ६५ औँ मिनेटमा गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्‍याएको थियो। तर, ६८ औँ मिनेटमा इन्टर मियामीबाट आत्मघाती गोल भएपछि डल्लास फेरी ४-२ गोलले अगाडि बढ्यो।

डल्लासका डालासका मार्को फार्फानले ८० औँ मिनेटमा आत्मघाती गोल गर्दा मायमीलाई राहत मिल्यो । त्यसपछि मेस्सीले ८५ औँ मिनेटमा शानदार फ्रिकिकमा गोल गरेर खेललाई ४-४ को स्थितिमा पुर्‍याएका थिए।

मायमीले अब क्वाटरफाइनलमा भोली हुने ह्युस्टन डाइनामो र चार्लोट एफसीबीच खेलको विजेतासँग खेल्नेछ ।