२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत



file
अ+ अ-

धनुषा । पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमणविरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्शनमा उत्रिनुभएको छ । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गर्नुभएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।

ढल्केवरस्थित ढल्केवर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिनुभएको छ । जिल्लामा अक्सिजनको वितरणमा आजैदेखि एकद्वार प्रणाली लागू गरिएको छ ।

त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले अविलम्ब प्लान्ट सञ्चालन गरी सङ्क्रमितको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रहसमेत गर्नुभएको छ । मुख्यमन्त्री राउतको आग्रह उद्योगका सञ्चालकले शनिबारसम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । बेलामा निर्माणाधीन उद्योग २४ घण्टामा ६०० सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको छ ।

त्यस्तै मुख्यमन्त्री राउतसहितको टोलीले जानकी मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापकसँग अस्पतालमा रहेका सङ्क्रमितको अवस्था र उपचारमा भइरहेको समस्याबारे जानकारी लिएको छ । 

सो क्रममा मेडिकल कलेजको व्यवस्थापन पक्षले अक्सिजनको कोटा बढाई दिन माग गरेको थियो । टोलीले आजैदेखि अक्सिजनको कोटा बढाइदिने र शनिबारदेखि चाहे जति अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हाल ६० श्यया कोरोना सङ्क्रमितका लागि सञ्चालन गरिरहेको सो मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले श्यया बढाउन आग्रहसमेत गर्नुभयो ।

प्रदेश सरकारले मणिपालको खाली भवनमा निर्माण भइरहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गरेको छ । युद्धस्तरमा निर्माणाधीन उक्त अस्पतालको काम समयमै सक्न उहाँले निर्देशनसमेत दिनुभयो । निरीक्षणका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सिनियर डिभिजनल इन्जिनीयर भगवान् झाले यही जेठ १५ गते अगावै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाउनुभयो ।