२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट कैलालीमा झण्डै दुई सयको मृत्यु



अ+ अ-

धनगढी । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ । 

जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण  वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना सङ्क्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

जिल्लाका १३ स्थानीय तहमध्ये तीन गाउँपालिका महोन्याल, चुरे र कैलारी बाहेकका र अन्य जिल्लाबाट पठाइएका गरी उपचारका लागि कैलाली आएका ३९ सहित यस अवधिमा महिला ५८ र पुरुष १३१ गरी जम्मा १८९ जनाले ज्यान गुमाएका जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।