२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर अस्पतालको डाक्टर र गृहमन्त्रालयको कर्मचारी बनेर ठग्दै हिड्ने सत्यन्द्र यादव पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले विर अस्पतालको डाक्टर तथा गृहमन्त्रालयको कर्मचारी भन्दै बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा रौतहट गौर न।पा।वडा नं।३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्र प्रसाद यादव लाई पक्राउ गरेको छ ।

सरकारी कर्मचारी हुँ भनी पेशेवर रुपमा ठगी गर्ने तथा लिखत सम्बन्धी कसुरमा संलग्न यादबले बिर अस्पतालमा जागिर समेत लगाई दिन्छु भन्दै बिभिन्न व्यक्तिसंग रकम उठाएको प्रहरीले जनाएको छ ।

यादबले आफन्तहरुलाई समेत बैदेशिक रोजगारको लागी क्यानडा इजरायल लगायतका देशमा सरकारी कोटामा पठाई दिन्छु भन्दै बिभिन्न ब्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्र समेत जम्मा पारेका थिए । याबलले बिभिन्न प्रलोभन र प्रभावमा पारी रु ३०,५५,०००।– (अक्षरुपी रु तिस लाख पचपन्न हजार) लिई ठगी गरी सम्पर्क विहिन भई फरार रहेको थिए ।

यादबले बिकाश पाण्डे नाम गरेको व्यक्तिको मोटरसाईकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते समेत गरेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१९ गते  ललितपुर महानगरपालिका  वडा नं।१७ ग्वार्कोबाट पक्राउ गरी ठगी सम्बन्धी कसुर र लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाईएको जनाएको छ ।