३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपरेसन थिएटरमा डाक्टरहरूले किन हरियो वा निलो लुगा लगाउँछन् ?



अ+ अ-

एजेन्सी । तपाई कुनै न कुनै बेला अस्पताल जानुभएको हुनुपर्छ वा फिल्ममा अपरेसन थिएटरको दृश्य देख्नु भएको होला । के तपाईंले कहिल्यै डाक्टर र नर्सहरूको पोशाक होसियारीपूर्वक हेर्नुभएको छ ? अस्पतालमा स्वास्थ्य परीक्षणका लागि बसेका डाक्टरले सेतो रङको लुगा लगाउछन् तर अपरेशन थिएटरमा काम गर्दा पोशाक फेरिन्छ ।

यो किन हुन्छरु के यसको विज्ञानसँग कुनै सम्बन्ध छ वा यो केवल एक परम्परा होरु शल्यक्रिया गर्दा डाक्टरहरूले किन हरियो वा नीलो कपडा मात्र लगाउँछन्, जानौं।

पहिले अस्पतालका सबै चिकित्सक र कर्मचारीले सेतो कपडा लगाउने गर्थे । तर सन् १९१४ मा चिकित्सकको लागि भनेर हरियो रंग छुट्याईएको थियो । त्यसयता यसलाई ड्रेस कोडको रुपमा बुझिन्थ्थो । तर, आजकल जो कोही डाक्टरहरू पनि नीलो लुगा लगाउँछन्।

अपरेसन थिएटरमा यी दुई रङको लुगा लगाउनुको पछाडि एउटा खास कारण छ । क्लिनिक र अस्पतालमा डाक्टरहरूले सेतो लुगा लगाउँछन् तर अपरेसन थिएटरमा जाँदा लुगा हरियो वा नीलो हुन्छ भन्ने तपाईंले याद गर्नुभएको होला। किनभने डाक्टर र नर्सहरूको आँखालाई यी रङहरूबाट राहत मिल्छ। यसका पछाडि केही वैज्ञानिक कारण पनि छन् ।

कतिपय अवस्थामा चिकित्सकले लामो समयसम्म अपरेशन थिएटरमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म रगतको रंग रातो देखिने गर्छ । लामो समयसम्म आँखाको अगाडि रातो रङ रह्यो भने आँखामा धेरै तनाव हुन्छ । जसका कारण धेरै पटक चिकित्सकहरुले शल्यक्रियामा ध्यान दिन सक्दैनन् । उनीहरुको आँखाले लामो समयसम्म रातो रङ देख्न नपरोस्, त्यसैले चिकित्सकहरुले शल्यक्रिया गर्दा हरियो कपडा लगाउने गर्छन् ।