२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयको खोप कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।

संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसंग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोश्रो खोप लगाउनबाट बञ्चित भएका छन् । संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो । सोही कार्यक्रम अनुसार संसद सचिवालयसंग सम्बन्धीत हरुले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसंग खोप माग गरेको थिया । सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो । 

कोभिसिल्ड खोपको दोश्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्त लगायत पनि खोप कार्यक्रममा सहभागी भए । इन्टरनेट सेवा प्रदायक संस्था क्यासिक टेक, केयुकेएल लगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए । संचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दोश्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनि संसद सचिवालय भन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “यो खोप कार्यक्रम सिभिल अस्पतालमा खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखिएको हो । स्वास्थ्य मन्त्रालयमा हामीले अघिल्लो डोज १४ सय ६५ अनुसार हामीले माग गरेर पठाएका थियौ । त्यही अनुसार ३ दिन लगाएर भीड नहुने गरी कार्यक्रम तय गरिएको थियो । पहिलो डोज लगाएको तर दोश्रो डोज लगाउन बाँकी रहेका धेरै मानुभावहरु, संघीय संसदका कर्मचारी भन्दा पनि सिंहदरबारका अन्य कर्मचारी साथीहरु र उहाँहरुका परिवार लगायत विविध क्षेत्रका माननीय सदस्यहरुको परिवार र उहाँहरुसंग जोडिएकाहरुले पनि दोश्रो डोजको सुनिश्चितता नभएका कारण पहिलो दिन खोप लगाउदा नै माननीय ज्यू हरुलाई मात्रै लगाउने भनिएको कार्यक्रममा उहाँहरुले आफ्नो परिवार, पिए, डाईभर लगायतले लगाउँदा र त्यो संग जोडिएका अन्य कर्मचारीले पनि खोपमा भाग लिंदा अनि स्वास्थ्यमन्त्रालयको पनि सिंहदरबारका कर्मचारी भनेर भ्रमपुर्ण सूचना आएका कारण उहाँहरुले त्यहाँ आएर खोप लिनुभयो । त्यसले गर्दा पहिलो दिन नै ७ सय भन्दा बढी कर्मचारी र अन्यले खोप लगाउने स्थिति बन्यो । त्यसपछि दोश्रो र तेश्रो दिनलाई पुग्ने स्थिति रहेन । हामीले मागेको कोटा अनुसार दुई दिनमा नै सकियो अनि तेश्रो दिन कुरेर बसेका पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायत कर्मचारी साथीहरु नै बाँकी रहनुभयो । हामीले ७ सयको आकलन गरेका थियौ । उहाँहरु २ सय ५० डोज मात्रै खोप लिएर आउनुभएको रहेछ । माग अनुसार आपुर्ति नभएपछि खोप स्थगित गरिएको हो । ”

संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाईएको छ । जेठ १ गते ९ सय ५० जनाले र बैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन् । अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारहरु नै दोश्रो डोज लगाउन पाएका छैनन् । प्रवक्ता डाक्टर पाण्डेले बाँकी रहेकाहरुलाई छिट्टै नै खोप लगाउने व्यवस्था मिलाईने बताउनुभयो ।

संसद सचिवालयले नयाँवानेश्वर स्थिति संघीय संसद भवनको लोत्से हलमा शुक्रबार, सनिबार र आईतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको थियो । शुक्रबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि, हिजो सनिबार पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र आज आईतबारका लागि संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षा संग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको थियो ।