४ आश्विन २०८१, शुक्रबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी र नेतृत्व आज पनि घेराबन्दीमा छ: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको बताउनुभएको छ ।

बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताउनुभयो ।

‘“तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।”

उहाँका अनुसा आज पनि नेतृत्व र पार्टीमाथि घेराबन्दी छ, अझै पनि जेल हाल्ने कुरा गरेका छन् ।

अध्यक्ष प्रचण्डले यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकताबद्ध हुने स्थिति बनेको उल्लेख गर्दै भन्नुभयो, “वाद, प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकताबद्ध भयो भन्ने लागेको छ ।” तीन महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उहाँको भनाइ थियो ।