२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

पत्रकार अधिकारी एनआरएनए अमेरिकाको बोर्ड सदस्य उमेदवार

पत्रकार अधिकारी एनआरएनए अमेरिकाको बोर्ड सदस्य उमेदवार
अ अ+ अ-

अमेरिका । लामो समयदेखी पत्रकारितामा सक्रिय पत्रकार अनिल अधिकारीले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा उमेदवारी दिएका छन् । पत्रकारितासंगै सामाजिक सेवामा समेत कृयाशिल अधिकारी एनआरएनलाई आम मानिसको संस्था बनाउने दृढ उदेश्यका साथ एनआरएनए अमेरिकामा उमेदवारी दिएको घोषणा गरेका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत उमेदवारी घोषणा गरेका अधिकारी अमेरिकाबाट संचालित खसोखास डटकमका कार्यकारी सम्पादक हुन भने नेपालबाट संचालित इकागज डटकमका अमेरिका बिशेषप्रतिनिधि हुन् ।

नेपालमा रहँदा समेत लामो समय पत्रकारिता गरेका अधिकारी बिगत ७ बर्षदेखी अमेरिकामा छन् । सम्वाददाता हुँदै दैनिक पत्रिकाको सम्पादक समेत भैसकेका अधिकारीसंग रेडियो, टेलिभिजन, छापा तथा अनलाईन मिडियाहरुमा काम गरेको अनुभव छ ।

राजधानी दैनिक पोखरा सम्वाददाता, अन्नपूर्ण पोष्ट अमेरिका प्रतिनिधि, एपीवान टेलिभिजन अमेरिका सम्वाददाता, नेपाल वान टेलिभिजन पोखरा सम्वाददाता, अन्नपूर्ण एफएम डेक्स सम्पादक, पोखरा हटलाईन दैनिक सहसम्पादक, यूनाईटेड राष्ट्रिय दैनिक सम्पादक, हिमाली आवाज आर्थिक साप्ताहिक कार्यकारी सम्पादक लगायत दजनौं संचार माध्यममा काम गरेका अधिकारी नेपालमा सामाजिक काममा समेत उतिकै सक्रिय थिए ।

हाल बलेवा समाज अमेरिकाका अध्यक्ष समेत रहेका अधिकारी नेपालमा जनसंचार मञ्चका अध्यक्ष, नेपाल प्रेस यूनियनका पूर्व सभासद, पर्यटन पत्रकार मञ्च कास्की सचिव, आर्थिक पत्रकार मञ्च कास्की कार्यक्रम संयोजक तथा नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य समेत भएर काम गरिसकेका छन् ।

नेपालको बाग्लुङ जिल्लामा जन्मिएका अधिकारी पोखरालाई कर्मथलो बनाएर पत्रकारितामा थिए । सडक बालबालिकाको सहयोगार्थ उनले पोखराबाट बिशेष अभियाननै संचालन गरेका थिए । अधिकारीले सडक बालबालिकाका लागि निशुल्क कपडा बितरण तथा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका थिए ।  

एनआरएनए अमेरिकाको अभियानमा लामो समयदेखी सहकार्य गर्दै आएका अधिकारीले संस्थालाई सकारात्मक सुझाव दिँदै आएका छन् । अधिकारीले न्यूयोर्क क्षेत्रमा रहँदा बिभिन्न अभियानहरुमा काम गरेको अनुभव समेत संगालेका छन् । यस्तै उनि एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरको मिडिया संयोजक समेत थिए ।

एनआरएनमा तपाईको उमेदवारी के कालागि रु भन्ने प्रश्नमा अधिकारीले भने, यस संस्थालाई आम सर्वसाधारणको पहुँच पुग्ने संस्था बनाउनका लागि म सक्दो पहल गर्छु, कोशिस गर्छु । अधिकारीले भने, आम मानिसमा एनआरएन चुनावका बेलामा मात्रै सक्रिय हुन्छ भन्ने नकारात्मक टिप्पणी छ, त्यसलाई चिरेर सबैमा होईन यो संस्था हाम्रो संस्था हो भन्ने सोँचको बिकास गर्न काम गर्छु ।

म हिजो पनि सक्रिय थिएँ, आज पनि छु र भोली पनि सक्रिय हुनेछु, अधिकारीले भने मातृभूमी नेपाल र कर्मभूमी अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने संस्था बनाउन म आफ्नो ढंगले पहल गर्छु ।