२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी दिइयो?



फाईल फोटो
अ+ अ-

काठामाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिईएको बैठकमा सहभागी एक जना पदाधिकारीले बताए । उनको अनुसार उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ ।

यस्तै, पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ भने सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गर्दैछन् ।