१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

झलनाथको प्रश्न: एमालेलाई ‘शत्रु शक्ति’ दक्षिणपन्थी शक्तिलाई ‘मित्र’ किन ठान्ने ? पूर्ण पाठ सहित

झलनाथको प्रश्न:  एमालेलाई ‘शत्रु शक्ति’ दक्षिणपन्थी शक्तिलाई ‘मित्र’ किन ठान्ने ? पूर्ण पाठ सहित
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (एमाले) को नेतृत्वसँग पार्टीको वैचारिक अन्तरविरोध चर्को भए पनि राजनीतिक शक्तिको हिसाबले ऊसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै रहेको बताउनुभएको छ ।

एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उहाँले एमालेलाई ‘शत्रु शक्ति’ जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई ‘मित्र’ ठान्ने र एमालेलाई ‘मुख्य निशाना’ ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट एकीकृत समाजवादी सर्तक रहनुपर्ने बताउनुभयो । आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थी बीचको संघर्ष रहेको उहाँको भनाइ छ ।

एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको उल्लेख गर्दै नेता खनालले दस्तावेजमा विगत दुई वर्षको अनुभवहरुको निर्मम ढङ्गले समीक्षा गर्नुपर्ने र गलत दृष्ट्रिकोण नीति र अडानबाट पार्टीलाई मुक्त गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“हामीले हाम्रो पार्टीलाई दक्षिणन्थी कार्यदिशाबाट नभई प्रष्टरुपले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढाउनुपर्छ”, दस्तावेजमा भनिएको छ, “पार्टीका सही वैचारिक–राजनीतिक कार्यदिशा,नीति,सिद्धान्त, लक्ष्य, क्रान्तिकारी कार्यशैली,कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाअधिवेशन यथाशीघ्र गर्नुपर्छ, हामीले यो कार्यदिशाबाट अघि बढ्ने हो भने छोटो समयमा आशातित परिवर्तन अनिवार्य छ ।”

एकीकृत समाजवादी र विद्रोह गरिएको पार्टी ९एमाले०का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता भिन्नता देखाउन नसकिएको चर्चा गर्दै दस्तावेजमा भनिएको छ, “हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र एमालेमा पनि जबज कै धङधङी छ । त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ ।”

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/08/Jhalanath-Khanal-Doc.pdf” title=”Jhalanath Khanal Doc”]