• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

झलनाथको प्रश्न: एमालेलाई ‘शत्रु शक्ति’ दक्षिणपन्थी शक्तिलाई ‘मित्र’ किन ठान्ने ? पूर्ण पाठ सहित



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (एमाले) को नेतृत्वसँग पार्टीको वैचारिक अन्तरविरोध चर्को भए पनि राजनीतिक शक्तिको हिसाबले ऊसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै रहेको बताउनुभएको छ ।

एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उहाँले एमालेलाई ‘शत्रु शक्ति’ जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई ‘मित्र’ ठान्ने र एमालेलाई ‘मुख्य निशाना’ ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट एकीकृत समाजवादी सर्तक रहनुपर्ने बताउनुभयो । आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थी बीचको संघर्ष रहेको उहाँको भनाइ छ ।

एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको उल्लेख गर्दै नेता खनालले दस्तावेजमा विगत दुई वर्षको अनुभवहरुको निर्मम ढङ्गले समीक्षा गर्नुपर्ने र गलत दृष्ट्रिकोण नीति र अडानबाट पार्टीलाई मुक्त गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“हामीले हाम्रो पार्टीलाई दक्षिणन्थी कार्यदिशाबाट नभई प्रष्टरुपले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढाउनुपर्छ”, दस्तावेजमा भनिएको छ, “पार्टीका सही वैचारिक–राजनीतिक कार्यदिशा,नीति,सिद्धान्त, लक्ष्य, क्रान्तिकारी कार्यशैली,कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाअधिवेशन यथाशीघ्र गर्नुपर्छ, हामीले यो कार्यदिशाबाट अघि बढ्ने हो भने छोटो समयमा आशातित परिवर्तन अनिवार्य छ ।”

एकीकृत समाजवादी र विद्रोह गरिएको पार्टी ९एमाले०का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता भिन्नता देखाउन नसकिएको चर्चा गर्दै दस्तावेजमा भनिएको छ, “हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र एमालेमा पनि जबज कै धङधङी छ । त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ ।”

Jhalanath Khanal Doc