२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराजको सुझाब रविलाई: राजनीतिमा गाली पचाउन सक्नुपर्छ



अ+ अ-

काठमाडौँ । कलाकार दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिमा गालीलाई पचाउन सुझाव दिनुभएको छ ।

रास्वपाले सञ्चालन गरेको मोबाइल क्लिनिकप्रति आएका टीकाटिप्पणीलाई लिएर सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा दिनुभएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै कलाकार गिरीले सुरुमा २/४ सिट जित्ला भनेर खासै गलौच नभए पनि निर्वाचनमा एक्कासि २० जितेर गृहमन्त्रीसम्म भइसकेपछि सबै दल र विचार बोकेका मान्छेहरुको ध्यान रवितिर जाँदा र रास्वपातर्फ तानिँदा त्यसलाई थ्रेट भन्न सकिए पनि अब त्यस्ता गाली गलौचलाई पचाउन सक्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “राजनीतिमा आएको यो सफलता पछि तपाईंहरू सबैको केन्द्रविन्दुमा हुनुहुन्छ अब त यो गाली गलौचलाई पचाउनु पर्यो , कति पेलेको होला ,यति नकारात्मकता किन भनेर आश्चर्य नमान्नु होला ‘। तपाईंहरू नयाँ उदय भएका दल र व्यक्तिप्रति जनताको अगाढ विश्वास कायमै छ, अर्कोतिर पुरानो सोच भएकाहरूको थ्रेट पनि जरूरी छ सम्हालेर हिँड्न पाइन्छ ।”

यसअघि रास्वपा सभापति लामिछानेले पार्टीले सञ्चालन गरेको मोबाइल क्लिनिकप्रति गरिएका टिप्पणीप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिनुभएको थियो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि रुरु भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक।।। हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।”