२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा फैलिँदै आँखा पाक्ने रोग



अ+ अ-

मलेखु । धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेका छन् । उपचारका लागि आउनेमध्ये ४० देखि ४६ जनामा आँखा पाक्ने समस्या भेटिएको छ ।

एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको केन्द्रका नेत्र अधिकृत डा रामसिंह तामाङले बताउनुभयो । “दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या बढिरहेको छ । समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेको छ”, उहाँले भन्नुभयो, “बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।”

आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको तामाङले बताउनुभयो । प्रदूषित हावा र मौसमका कारण यसको सङ्क्रमण फैलिरहेको चिकित्सकको भनाइ छ ।

यसबाट बच्न सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानलगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गर्नुपर्ने नेत्र अधिकृत डा तामाङले सुझाव दिनुभयो । “धुवाँधुलोबाट जोगिन सकियो भने पनि घरमा बसेर यो रोगबाट बच्न सकिन्छ”, उहाँले भन्नुभयो ।

हाल जिल्ला सदरमुकाम धादिङबेँसी आसपासमा यसको सङ्क्रमण बढी देखिएको छ । विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटारलगायत पालिकामा आँखा केन्द्र सञ्चालनमा छन् । रासस