२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयरफोनको प्लगमा दुई वा तीन वटा रिंग्स हुन्छ, यसको अर्थ थाहा छ ?



अ+ अ-

एजेन्सी । हेडफोन वा इयरफोन प्राय सबैले प्रयोग गरिरहेका हुन्छन् । इयरफोनको साहयताले तपाईं संगीत, रेडियो वा तपाईंको फोन अरू कसैलाई नसुनी सुन्न सक्नुहुन्छ।

के तपाईंले कहिल्यै याद गर्नुभएको छ, हामिले प्रयोग गर्ने इयरफोनको मोबाईलसग कनेक्ट गराउने मेटल प्लगमा एक, दुई वा तीनवटा रिंग्स बनाइन्छ? जान्नुहोस यस्को अर्थ:

इयरफोनमा भएको सिंगल रिंग प्लगको अर्थ के हो?
सिंगल रिंग भएको प्लग लाई मोनो एडाप्टर भनिन्छ। यसको मतलब तपाईको हेडफोन आउटपुटमा एउटा मात्र अडियो च्यानल उपलब्ध छ। यस प्रकारको प्लग संगीत वाद्ययंत्र, रेकर्डर, रेडियो र अन्य उपकरणका साथै अडियो सङ्कलनका लागि प्रयोग गरिन्छ। यो सिंगल रिंग प्लगलाई मोनो ज्याक पनि भनिन्छ।

डबल रिंग हेडफोन प्लगको अर्थ:
डबल रिंग भएको प्लग स्टेरियो एडाप्टर हो। यसको मतलब तपाईंसँग हेडफोन आउटपुटमा दुईवटा अडियो च्यानलहरू छन्, त्यसैले तपाईं सुरक्षित रूपमा स्टेरियो ध्वनि सुन्ने आनन्द लिन सक्नुहुन्छ। यस प्रकारको प्लग स्टेरियो संग्रह, कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट र अन्य उपकरणहरूको लागि प्रयोग गरिन्छ। यो प्लगलाई स्टेरियो ज्याक वा ३.५ एमएम ज्याक पनि भनिन्छ।

तीन रिंग प्लगको अर्थ :
तीन रिंग प्लग एक ट्रिपल रिंग अडियो ज्याक हो। यसको मतलब हेडफोन आउटपुट दुई स्टेरियो अडियो च्यानलहरू साथै माइक्रोफोन समर्थन गर्न सक्षम छ। यस प्रकारको प्लग मोबाइल फोन, हेडफोन सेट, संगीत वाद्ययन्त्र, कम्प्युटर र अन्य उपकरणहरूमा प्रयोग गरिन्छ। यो प्लगलाई ज्याक वा ३.५ एमएम ज्याक पनि भनिन्छ।