२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्ड: गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रधानमन्त्रीको आश्वासन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गौर काण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिको टोलीसंग सनिबार बिहान बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री दाहालले छिटै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाड़ी बढ़ने प्रतिबद्धता जनाउनु भएको हो ।

भेटमा सहभागी जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहका अनुसार प्रधानमन्त्रीले पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्ब कारबाही गर्न माग गर्दै उक्त हत्याकाण्डका पीडितहरुले आन्दोलन देखी अनसन सम्म बसिरहेका छन् ।  उनिहरुले अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौंसम्म अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको पीडा बोध भएको बताएका छन् ।

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १:४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा २८ जनाको मृत्यु भएको थियो ।