२४ श्रावण २०८३, आईतवार
,
Latest
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत



अ+ अ-

काठमाडौं । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सकेर नेपाल फर्कने क्रममा उहाँहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गर्नुभयो ।

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण सङ्घलगायत विभन्नि पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरुको विमानस्थलमा उपस्थित थियो । कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिनुभयो ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक ९८,६११ मिटर० को हरिला र शेर्पाले साउन ११ गते बिहान १०:४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानएको छ ।

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ । उहाँहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गर्नुभएको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिनुभयो । यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गर्नुभएको थियो ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राख्नुभएको थियो । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बन्नुभएको थियो ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ । कीर्तिमानी आरोहीलाई केहीबेरपछि नेपाल पर्यटन बोर्डमा आयोजना गरिने कार्यक्रममा बधाई तथा सम्मान गरिने सङ्घले जनाएको छ ।रासस