९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार
अ अ+ अ-

भोजपुर । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ । कतिपय घरहरु भत्किन थालेका छन् ।

विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुर जिल्लाकै चिनारी धमिलो हुँदै गएको स्थानीय तथा पूर्ववडाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । घर अपलपत्र छाडेर यहाँका मानिसहरु काठमाडौँ, धरान, विराटनगरलगायत ठाउँमा बस्दै आएको उहाँको भनाइ छ । यहाँका करिब ६० प्रतिशत मानिसहरु घर छाडेर बाहिर गएको श्रेष्ठले बताउनुभयो । ‘‘टक्सार बजार देशकै पहिचान बोकेको पुरानो ऐतिहासिक बजार हो”, श्रेष्ठले भन्नुभयो, “मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड भएको छ । कलात्मक शैलीमा निर्माण गरिएका घरहरुसँगै मठमन्दिर भत्किन थालेका छन् । बजार सुनसान बनेको छ । यहाँका करिब ६० प्रतिशत मानिसहरु बाहिर गएको अवस्था छ ।”

विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको छ । तत्कालीन नेपाल सरकारले विसं १८७० देखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लाहरुमा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो । टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको स्थानीय जानकारहरु बताउँछन् ।

यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक डोली पैसा राणा शासनमा प्रचलित थियो । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो  शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ । जुन बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बूढापाका भनाइ छ ।

उहाँहरुका अनुसार अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालिगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । त्यो समयमा यो बजारमा मानिसहरुको चाप धेरै हुने गरेको थियो । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान हुँदै गरएको हो । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो ।

टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । रामप्रसाद राई गाउँपालिकाम पर्ने धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्रीहरु निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योगहरु अहिले छरसातवटामा सीमित भएका छन् ।

पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान पूर्ववडाध्यक्ष र श्रेष्ठको भनाइ छ । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाकाहरुले बताउने गरेका छन् । इतिहासअनुसार सोह्रौँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरु पनि खोलिएका थिए । यी सम्पदाको समय समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन् । त्यसो त अहिले आएर बजारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको स्थानीयवासी बुद्धराज शाक्यले बताउनुयभो । उहाँका अनुसार बजारका हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दुरावस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन ।

‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिककै टक्सार विमानस्थलसमेत छ । टक्सार बजारका धातु उद्योगहरुलाई ब्यूँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरुलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको पूर्ववडाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ । यहाँका सामग्री देशभित्र मात्रै हैन विदेशमा समेत निर्यात हुने गर्छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन् ।

बजारमा जनघनत्व घटेर विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् ।रासस