• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको हो: अर्थमन्त्री पुन ★   बलिउड स्टारको पारिश्रमिक लगातार बढेपछि अनिल कपुरले दिए फ्रिमा काम गरेको उदाहरण ★   धनराजको घोषणा: मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु ★   गगनको टिप्पणी: म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ ★   नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो ★   रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ: महामन्त्री शर्मा ★   म संसारकै भाग्यमानी छु झै लाग्छ – समिक्षा अधिकारी ★   मनप्रिय मनाङ ★   प्रतिनिधि सभाबाट बजेट पारित ★   २ करोड डाँका मार्ने बहालवाला हवल्दारसहित ४ जना सार्वजनिक

घरपालुवा जनावरबारे विद्यार्थीको प्रदर्शन



काठमाण्डौ। आआफ्नो घरमा आयआर्जन र शौखको लागि के कस्ता जनावरहरु पाल्न सकिन्छ भनेर अभिभावकहरुलाई देखाउन ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीहरुले विद्यालय हातामा प्रदर्शन गरेका छन ।

प्रदर्शनीमा स्कुलका सानो कक्षाका विद्यार्थीहरुले घरपालुवा जनावरहरु कुकुर, कुखुरा, हाँस, खरायो, विरालो, गाई, भैंसी, बाख्रा, भेडा, च्यांग्रा, घोडाको साथै उनीहरुले खाने आहार अन्न, घाँस, पराल, भुसा र दाना र बस्ने ठाउँ खोर, गोठ, तवेला लगायतका बारेमा चित्र र सामग्री मार्फत बताएका थिए ।

साथै विद्यार्थीहरुले ढिकी, जाँतो, कुटो, कोदालो लगायतका परम्परागत घरेलु सामग्रीहरु पनि प्रदर्शनीमा राख्दै खेत खन्ने र गोड्ने तरीका समेत देखाएका थिए ।
शहरी विद्यालयमा पढ्ने विद्यार्थीलाई घरेलु जनावर र केही परम्परागत घरेलु औजारहरुबारे जानकारी गराउन हरेक वर्ष यस्ता प्रदर्शनी आयोजना गर्दै आएको विद्यालयकी निर्देशक ममता शाहले बताइन् ।

विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांग र अतिरिक्त कृयाकलाप संयोजक शिव गैरेको समन्वयमा विद्यार्थीहरुले विद्यालय हातामा परालले छाएको साना साना खोर र गोठ बनाएर प्रर्दशनीलाई आर्कषक बनाएका थिए ।

प्रदर्शनी हेर्न व्यवसायीक समूह डिभि ग्रुपकी सञ्चालक देवकी शाह, न्यू भिजन एकेडेमीका निर्देशक टंक थापा, अभिभावक र स्थानीय वासिन्दा पुगेका थिए ।