४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दलित वस्तिका कति बिरामी भए ?

दलित वस्तिका कति बिरामी भए ?
अ+ अ-

काठमाडौं । कोरोनाको बेला अस्पतालमा मृत्युको समाचारले दुखी बनाएको छ । म अहिले त्यो दलित वस्तिको बारे बिचार गर्दै छु, जो न अस्पताल जान सक्छन् । न  त उनीहरुसँग पिसिआर टेस्ट गराउन नै पैसा हुन्छ । कोरोनाको बेला दलित वस्तिमा कोही पनि मरेको छैन भनेर कसैले भन्यो भने म अचम्म्म मान्ने छैन, किन भने त्यहाँ अध्ययन नै भएको छैन ।

त्यो वस्तीमा गएर काम गर्ने कसलाई समय छ र ? ४६ सालदेखि अहिलेसम्म पनि ‘मुसहर, डोम, चमारहरू पढ्न नगएको, उनीहरूको स्वास्थ्य राम्रो नभएको, बालविवाह भएको, बच्चाहरू झाडापखाला लागेर मर्ने गरेको बारेमा कुनै नेताले चासो देखाएको पाइन्न । 

मुसहर र चमारकै वस्ती नजिक बस्ने मधेसका नेताले नै ‘चमार-पासवान’ का लागि कुनै काम गरेनन् । चमार र मुसहरका लागि ४६ भन्दा अघि र पछिको परिस्थिति खासै फरक भएन ।

त्यसैले  ‘सम्पूर्ण साक्षर’ भनिएका जिल्लाका दलित र सीमान्तकृत समुदायका मानिसलाई अहिले पनि पढ्न आउँदैन । समुदाय चर्पी विहीन भएकाले ’खुल्ला दिसा मुक्त’ छैन । कागजमा घोषित ‘खुल्ला दिसा मुक्त’ले झाडापखाला र आउँ रोक्दैन । तर तराईका राजनीतिक नेता यो कुरा बुझ्दैनन् र रट लगाइ रहन्छन्– ‘हामीले चर्पी बनाउन पैसा, प्रेरणा दिएका छौं । सबै ठाउँमा चर्पी छ ।’

राजनीतिक नेता साँच्चै आफ्नो भनाइमा विश्वस्त छन् भने म आग्रह गर्छु– ‘आउनुस् पञ्चायतकालमा आफ्नो हातमा सत्ता भएका बेला पञ्चहरूले सीमान्तकृत समुदायलाई अघि बढाउन एक पाइला पनि चालेनन् । ४६ सालपछि सबभन्दा बढी सरकारमा बसेको कांग्रेसले पनि आफ्ना घोषणापत्रमा त अनेक लेख्यो, तर व्यवहारमा ‘सीमान्तकृत, जनजाति, अछूत’ आदिको विकासकालागि कुनै काम गरेन । उनीहरूको पहुँचमा साधारण मनवीय सुविधा पनि पुगेन । 

वामपन्थी सत्तामा झल्याकझुलुक आउँदा  ‘केही हुन्छ कि जस्तो लाग्ने’ गथ्र्यो । तर वाम नेताका आँखा पनि मधेसका नेताका जस्तै मुसहर, चमार, वादी समुदायमा पुगेन ।