११ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित वस्तिका कति बिरामी भए ?



अ+ अ-

काठमाडौं । कोरोनाको बेला अस्पतालमा मृत्युको समाचारले दुखी बनाएको छ । म अहिले त्यो दलित वस्तिको बारे बिचार गर्दै छु, जो न अस्पताल जान सक्छन् । न  त उनीहरुसँग पिसिआर टेस्ट गराउन नै पैसा हुन्छ । कोरोनाको बेला दलित वस्तिमा कोही पनि मरेको छैन भनेर कसैले भन्यो भने म अचम्म्म मान्ने छैन, किन भने त्यहाँ अध्ययन नै भएको छैन ।

त्यो वस्तीमा गएर काम गर्ने कसलाई समय छ र ? ४६ सालदेखि अहिलेसम्म पनि ‘मुसहर, डोम, चमारहरू पढ्न नगएको, उनीहरूको स्वास्थ्य राम्रो नभएको, बालविवाह भएको, बच्चाहरू झाडापखाला लागेर मर्ने गरेको बारेमा कुनै नेताले चासो देखाएको पाइन्न । 

मुसहर र चमारकै वस्ती नजिक बस्ने मधेसका नेताले नै ‘चमार-पासवान’ का लागि कुनै काम गरेनन् । चमार र मुसहरका लागि ४६ भन्दा अघि र पछिको परिस्थिति खासै फरक भएन ।

त्यसैले  ‘सम्पूर्ण साक्षर’ भनिएका जिल्लाका दलित र सीमान्तकृत समुदायका मानिसलाई अहिले पनि पढ्न आउँदैन । समुदाय चर्पी विहीन भएकाले ’खुल्ला दिसा मुक्त’ छैन । कागजमा घोषित ‘खुल्ला दिसा मुक्त’ले झाडापखाला र आउँ रोक्दैन । तर तराईका राजनीतिक नेता यो कुरा बुझ्दैनन् र रट लगाइ रहन्छन्– ‘हामीले चर्पी बनाउन पैसा, प्रेरणा दिएका छौं । सबै ठाउँमा चर्पी छ ।’

राजनीतिक नेता साँच्चै आफ्नो भनाइमा विश्वस्त छन् भने म आग्रह गर्छु– ‘आउनुस् पञ्चायतकालमा आफ्नो हातमा सत्ता भएका बेला पञ्चहरूले सीमान्तकृत समुदायलाई अघि बढाउन एक पाइला पनि चालेनन् । ४६ सालपछि सबभन्दा बढी सरकारमा बसेको कांग्रेसले पनि आफ्ना घोषणापत्रमा त अनेक लेख्यो, तर व्यवहारमा ‘सीमान्तकृत, जनजाति, अछूत’ आदिको विकासकालागि कुनै काम गरेन । उनीहरूको पहुँचमा साधारण मनवीय सुविधा पनि पुगेन । 

वामपन्थी सत्तामा झल्याकझुलुक आउँदा  ‘केही हुन्छ कि जस्तो लाग्ने’ गथ्र्यो । तर वाम नेताका आँखा पनि मधेसका नेताका जस्तै मुसहर, चमार, वादी समुदायमा पुगेन ।