३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

भारत रक्षामन्त्रीद्वारा कोरोना भाइरसविरूद्धको औषधि सार्वजनिक

भारत रक्षामन्त्रीद्वारा कोरोना भाइरसविरूद्धको औषधि सार्वजनिक
अ+ अ-

एजेन्सी । भारतले कोरोना संक्रमण रोक्ने औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत कोरोना भाइरसविरूद्ध ९० प्रतिशत लड्न सक्ने औषधिको सार्वजनिक गरेका हुन्।

कोरोनाविरूद्धको २- डिओक्सी-डि/गुल्कोज-२ (डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल) ले बनाएको हो।

'डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो,' रक्षा मन्त्री सिंहले कार्यक्रममा भने, 'यो औषधीबारे म यही भन्न चाहन्छु कि यो आशाको नयाँ किरण हो।'

यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बताए। 

'मलाई भनिएको छ कि यसको प्रयोग गरेका बिरामी सामान्य उपचार गरेकाभन्दा साढे दुई दिन अघि निको हुन्छन्। साथै, अक्सिजनको निर्भरता पनि लगभग ४० प्रतिशतले कम भएको छ,' रक्षामन्त्री सिंहले भने, 'यो पाउडर फर्ममा भएको हुँदा यसको एक किसिमको विशेषता छ।'