• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

बालकोटमा अध्यक्ष ओली र कलाकार रीमा संवाद -फोटोफिचर



काठमाडौँ । कलाकार रीमा विश्वकर्मा बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवासमा पुग्नुभयो ।

अध्यक्ष ओलीको सचिवालयले कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै अध्यक्ष केपी ओली भन्दै फोटो सार्वजनिक गर्‍यो । कलाकार रीमासँग भएको भलाकुसारी सँगै ओली र रीमाले टेबलटेनिस खेलेको पनि फोटोमा देख्न सकिन्छ ।

भेटबारे रीमाले फेसबुकमा लेख्नुभएको छ-

खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ। नेता केपी वलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ चैँ वास्तवमै प्रभावशाली लाग्यो १ परिवर्तन रूचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला !

तस्विर– राजन काफ्ले