१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै
अ अ+ अ-

काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ ।

लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको मेहनत र उपलव्धीलाई थप हौसला प्रदान गर्दै आएको छ ।

सिजन मिडिया आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको सगौरव घोषणा गर्दछौ ।

सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उहाहरुले गर्नु भएको काम तथा सामजीक योगदानलाई शब्दमा वयान गर्नु असम्भव नै हुन जान्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच , व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पर्न भएको थियो । यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायीक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी सम्पन गर्ने लक्ष्य राखिएको छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्ष भन्दा वढी समय निरन्तर काम गरि सफलता प्राप्त गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहिरहनु भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिनुभयो । “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ” उहाँले भन्नुभयो ।

सकारात्मक सोच राखौं व्यवसायीक तथा सामाजिक दायित्व पूरा गरौ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ भन्ने कार्यक्रमको ध्येय रहेको छ ।