२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

कम्युनिष्ट आन्दोलन पनि अन्ततः शक्तिकै चेस बोर्ड न हो !

कम्युनिष्ट आन्दोलन पनि अन्ततः शक्तिकै चेस बोर्ड न हो !
अ अ+ अ-

मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर  नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिकरसंवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो भने सोभियत संघ र पूर्वी युरोपमा समाजवादको पतन भई रहेको थियो ।  यसर्थ दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो  । 

मुलुक भित्रको त्रि–शक्ति सन्तुलनको एउटा पक्षको हैसियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिड्नु जत्तिकै जोखिमपूर्ण थियो मुलुकमा स्थापित पुँजीवादी प्रजातन्त्रको यस स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्वको काम थियो ।  यो संगिन घडी थियो र यहाँ  दुइटा उत्ताउला काम हुन सक्थे, मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव  (यी दुइटैले ल्याउने  त विसर्जन नै हो ) मुलुकमा स्थापित पुँजीवादी प्रणालीलाई कसरी हेर्ने र ग्रहण गर्ने ? सामाजिक क्रान्तिको सामाजिक मिसन बिर्सने र सत्ताको शान र सुविधामा हेलिने, वा निरन्तर क्रान्तिको नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाई रहने वा अर्को पनि विकल्प छ ।

हो पुँजीवादी प्रजातन्त्रलाई धोखाधडीको रुपमा प्रयोग गरिदै आएको  इतिहास छ  तर के त्यतिकै भरमा यसलाई अस्विकार गर्ने या त्यसलाई पनि मुक्तिको उपकरणको रुपमा ग्रहण गर्ने ? सुधारवादी संघर्षको उपादेयतालाई जण्ड क्रान्तिकारीको नाममा अस्विकार गर्नु जायज हुन्छ ? मदन भण्डारीले बिना लक्कनछप्पन व्यवहारिक सोंचको अगुवायी गरे । पुँजीवादी प्रजातन्त्रका रुप पक्षलाई क्रान्तिकारी सारमा कलमी गरे बहुदलीय प्रणाली, कानुनि शासन, मानव अधिकार, शक्तिको प्रथाकिकरण जस्ता विषयलाई क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र र आधुनिक संस्कृतिु निर्माणमा सजाए त्यसलाई उनले जनताको बहुदलीय जनवादमा लिपिवद्ध गरे  तर त्यस पछि उनले त्यति मौकै पाएनन् ।

उनि कम्युनिज्म ओरालो लागिरहेको बेलाका 'Karl Marx lives in Nepal’ भनेर चिनाउदै थिए  उनले  तिघ्रा न कमाई महाकालीको पानीमा देशभक्तिको खाँडो जगाका पनि हुन्। उनको विश्वास र उनका कर्म उनका वैरीहरुको निम्ति सह्य थिएन, जसका निम्ति उनले पार्टीका अर्का नेता जीवराज आश्रित सहित शहादत दिनु पर्यो र उनिहरुको रहस्यपूर्ण हत्या गरियो । 

त्यस पछिका ३ दशक गुज्रेका छन्  मदनको अवसान पछि मदनले कोरेको लक्ष्मण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन  यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो  दक्षिणपन्थी अवसरवादी विचलनले उग्र वामपन्थी भडकावको निम्ति वारुद तैयार गरिदियो भने उग्र वामपन्थी भडकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो । मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुपायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे  ।

 देख्नलाई तिनको देवपुजनु त देखिन्छ तर उनको आत्मा कहिले पोलेर खाए खाए !  यो त्यति बेलै देखि सुरु भयो जव तिनले उनको बहुदलीय जनवादको रुप पक्षलाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाढ्न थाले ।  अर्को दुःखद पक्ष यस बीचमा उग्र वामपन्थी भडकावले  पनि सम्यक पाठ सिक्न सकेन  सुखद कुरा यस बीचमा यस आन्दोलनका दुई ठुला धार एकीकृत भएर मुलधार बनेका पनि हुन । परन्तु आन्दोलन भित्रैका हस्तीहरुको आकांक्षालाई उरालेर त्यो एकता भाँडियो पनि ।

तिनीहरु के स्थापित गर्न कोशिस गरी रहेका छन् भने कम्युनिष्ट आन्दोलन पनि अन्ततः शक्तिकै चेस बोर्ड न हो । आन्दोलन भित्रको जडवत बनेर बसेको प्रणालीगत समस्या हल न हुँदाको दुस्परिणाम पनि यो आन्दोलन अहिले भोगि रहेको छ ।  यो अहिले जो उद्विग्न र उद्वेलित छ। त्यसमा सम्यक प्रज्ञा र सम्यक साधनाुको निम्ति दवाव पनि छ । त्यसको निम्ति सामाजिक मिसन प्रतिको निष्ठा, सामुहिक नेतृत्व र संस्थागत विधिको धर्म अनुशरण गर्नु मात्रै उत्तम उपाय हो । 

-लेखक कार्की नेकपा एमालेका नेता हुनुहुन्छ