२४ श्रावण २०८३, आईतवार
,
Latest
बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटरी क्लब अफ काठमाडौ हाइटको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौ । रोटरी क्लब अफ काठमाडौं हाइटले आफ्नो क्लबको चौंथो पदहस्तान्तरण कार्यक्रम तथा स्थापना दिवस एक समारोहकाबीच सम्पन्न गरेको छ ।

निवर्तमान अध्यक्ष राजराम जोशीले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा विकास, उद्यमशिलता विकास, महिला सशक्तिकरण जस्ता धेरै क्षेत्रहरुमा काम गर्दै आउने गरेको र आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न कार्यक्रम एवं उपलब्धिहरु सुनाउँदै सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त समारोहमा क्लबको सबैभन्दा सक्रिय सदस्य विदुर सत्याललाई वर्षको उत्कृष्ट रोटरीयनको पुरस्कारले सम्मान गरिएको थियो । क्लबको पहिलो महिला अध्यक्ष सुमिरा श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गरीसकेपछि आफ्नो अध्यक्षतामा बनेको नयाँ कार्य समितिको परिचय गराउँदै क्लबको भावी कार्यक्रमहरुको बारेमा क्लबका सबै सदस्यहरुको भावनालाई समेटी अझ राम्रा कामहरु गरी क्लवको गरीमा झन उच्च गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रमुख ९डिष्ट्रिक्ट गर्भनर० राजेन्द्र धोजु लगायत पूर्व गर्भनरहरु, डिष्ट्रिक्टका पदाधिकारीहरु र अन्य क्लबका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । सोही कार्यक्रममा समाजमा रहेका विभिन्न व्यवसाय निरन्तर रुपमा अंगाल्दै आएका व्यवसायीको सम्मान गर्ने क्लबको परिपाटी अनुरुप उद्यमशील व्यक्तित्व तथा बृत्तचित्र निर्माता रेवती गुरुङलाई उनले आफ्नो क्षेत्रमा अनवरतरुपमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै नगद र कदर पत्रका साथ उत्कृष्ट व्यवसायी पुरस्कार २०२२/२३ ले सम्मान गरेको थियो ।