२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम ओभरमा भारतलाई हराउदै वेस्ट इन्डिजको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । घरेलु टोली वेस्टइन्डिजले टि २० आईमा भारतलाई चार रनले हराउदै रोमाञ्चक जित हात पारेको छ । पाँच टि२० आई सिरिजको पहिलो खेलमा भारतलाई हराएसँगै स्टइन्डिजले १–० को अग्रता लिएको छ ।

वेस्टइन्डिजले दिएको १ सय ५० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। भारतका लागि डेब्यू गरेका बायाँ हाते ब्याटर तिलक बर्माले सर्वाधिक ३९ रन बनाए ।

भारतलाई जितको लागि अन्तिम ओभरमा १० रन चाहिँएको थियो । त्यसअघि १२ बलमा २१ रन चाहिँदा अर्शदीप सिंहले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै भारतलाई जितको सम्भावना देखाएका थिए ।

अन्तिम ओभरको पहिलो बलमै वेस्टइन्डिजका रोमारियोले कुलदीप यादवलाई योर्कर बलमा ३ रनमा बोल्ड आउट गरे । युजभेन्द्र चहलले दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा अर्शदीपले दुई रन बटुले ।

अन्तिम तीन बलमा भारतलाई जितको लागि ७ र सुपर ओभरमा लैजान ६ रन चाहिँएको थियो । चौथो बल डट र पाँचौं बलमा दुई रन लिनेक्रममा अर्शदीप रन आउट भएपछि भारतको जितको सम्भावना लगभग सकिएको थियो । वेस्टइन्डिजले अन्तिम बल पनि योर्करका साथ जित पक्का गराए ।

भारतका ओपनर शुभमन गिल ओभरको दोस्रो बलमै ३ रनमा स्टम्पिङ आउट भएका थिए । ईशान किशनलाई ६ रनमा क्याच आउट हुँदा सूर्यकुमार यादव २१ बलमा २ चौका र १ छक्कासहित २१ रनमा पेभेलिएन फर्केका थिए । यस्तै, हार्दिक पान्ड्या १९ बलमा ३ चौका प्रहार गर्दै १९ रनमा बोल्ड आउट हुँदा सन्जु स्यामसनलाई १२ रनमा रन आउट भए ।

वेस्टइन्डिजको जितमा जेसन होल्डरले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । त्यसैगरी, रोमारियो शेफर्ड र ओबेद म्याककोयले समान दुई दुई विकेट लिदा अकिल हुसैनले १ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले सर्वाधिक ४८ रनको योगदान दिए । ओपनर कायल मेयर्स १ रनमा एलबीडब्लू आउट भएका थिए । मेयर्स आउट भएपछि किंग २८ रनमा आउट भए ।

यस्तै, जोनसन चाल्र्स ३ रनमा क्याच आउट हुँदा निकोलस पुरन ३४ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । शिम्रन हेटमायर १२ बलमा १ चौकासहित १० रन बनाए ।

भारतका युजभेन्द्र चहल र अर्शदीप सिंहले समान दुई दुई विकेट लिए । हार्दिक र कुलदीप यादवले समान एक एक विकेट लिए ।

पाँच टि२० आई को दोस्रो खेल आइतबार, तेस्रो मंगलबार, शनिबार र आइतबार हुनेछ ।