२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण



symbolic picture
अ+ अ-

सुरुङ्गा । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईबताउनुभयो ।

झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेङ्गु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्न्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताउनुभयो ।

सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेङ्गु सङ्क्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारीरोग फोकलपर्सन एवम् जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार सात सय ८४ डेङ्गू सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाँकी ४७ प्रतिशत महिला छन् । रासस