१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना: योद्धा राजकुमारी’



अ+ अ-

काठमाडौँ । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना: योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ ।

राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिनुभयो ।

“यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ”, सम्पादक पुरीले भन्नुभयो । रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा तयार पाएको चलचित्रलाई तेजशराज जोशीले निर्देशन गर्नुभएको छ ।

सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गर्नुभएको चलचित्रमा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार हुनुहुन्छ । कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गर्नुभएको चलचित्रलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गर्नुभएको हो । रासस