२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

एकता र विभाजनको चक्रबीच मदन–आश्रित स्मृति दिवस

एकता र विभाजनको चक्रबीच मदन–आश्रित स्मृति दिवस
अ अ+ अ-

काठमाडौं । एकता भएको तीन वर्ष नहुँदै आन्तरिक विवाद र सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामेल दुई पार्टी  पूर्ववत् अवस्थामा फर्किए । मदन–आश्रित स्मृति दिवसको अवसर २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा बनेको थियो ।

पार्टीभित्रको विवादकै कारण गत २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको सङ्घारमा पुगेको थियो र २०७७ फागुन २३ गते सर्वोच्च अदालतको निर्णयले एकतापछि बनेको नेकपालाई वैधता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा अगलअगल भए । पूर्ववत् भएपछि एमालेमा थप विवाद उत्पन्न भयो ।

पार्टीभित्र देखिएका विवाद समाधान नगर्दा कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउने गठन भएको नेकपा तीन वर्ष नपुग्दै विभाजनको सङ्घाुमा पुग्नुले गत निर्वाचनमा जनताबीच दुई कम्युनिष्ट पार्टीको वाम गठबन्धले गरेका प्रतिबद्धता पूरा हुनेमा शङ्का पैदा भयो । विसं. २०४७ सालमा तत्कालीन नेकपा (माले) र माक्र्सवादीबीच एकता भई बनेको पार्टी एमाले अहिले संसद्मा सबैभन्दा ठूलो दलका रुपमा त रहेको छ तर यसले एकल बहुतमका आधारमा सरकार सञ्चालन गर्ने स्थिति छैन । 

कम्युनिष्ट पार्टीलाई एकीकृत र लोकतान्त्रिकरणसहित बहुदलीय प्रतिस्पर्धाका आधारमा शासन सञ्चालन गरी जनअपेक्षा पूरा गरी समाजवादको लक्ष्यमा अघि बढ्न जननेता मदनकुमार भण्डारीको वैचारिक योगदान रहेको थियो । 

सर्वोच्च अदालतले पहिल्यैकै अवस्थामा फर्किएपछि पनि एमाले विभाजोन्मुख भयो । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद हुँदा एमाले पुनः विभाजनको दिशामा पुगेकामा अहिले कार्यदलमार्फत् विवाद समाधान गर्ने प्रयास भइरहेको छ ।

सर्वोच्च अदालतको निर्णयपछि एमालेको केन्द्रीय कमिटी बैठकले गरेका २०७७ फागुन २८ गते गरेका निर्णय मान्ने कि २०७५ जेठ २ गते पूर्ववत् रुपमा पार्टीलाई सञ्चालन गर्ने भन्ने विषयमा बढेको विवादले निकास पाउने त देखिएको छ तर कम्युनिष्ट एकताको अभियानमा यो मात्रै पर्याप्त छैन ।

एमालेले २८ औँ मदन–आश्रित स्मृति दिवस मनाइरहँदा  पार्टी एकता धर्मराएको अवस्थामा पुगेको छ । विसं। २०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मनदकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन हुनुभएको थियो । भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवान’ को मार्गदर्शनमा अघि बढिरहेको एमाललेमाथि जनताले दिएको कार्यादेशबमोजिम स्थिरता र समृद्धिको यात्रालाई सफल बनाउँदै कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाउनुपर्ने दायित्व छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै एमाालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

उहाँले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाउनुभएको छ । 

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा ९माओवादी केन्द्र० सँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गर्नुभएको छ ।

महाकाली सन्धि अनुमोदनको विषयलाई लिएर २०५४ सालमा विभाजित एमाले पछि २०५८ सालमा पुनःएकतामा सामेल भएको थियो । त्यसबेला एमालेबाट फुटेर साहना प्रधान, वामदेव गौतमलगायत नेताले गठन गरेको मालेले निर्वाचनमा विजय हासिल गर्न सकेको थिएन । विसं. २०५१ सालमा ठूलो पार्टी बनेको एमाले पार्टी फुटेपछि २०५६ सालको निर्वाचनमा दोस्रो दल भएको थियो । 

कार्यदलका सदस्य एवं एमालेका संसदीय दलका उपनेता सुभासचन्द्र नेम्बाङ् व्यक्तिगत स्वार्थका कारणले कम्युनिष्ट पार्टीमा विभाजन हुने गरेको बताउँदै भन्नुहुन्छ, “नेकपा पनि व्यक्तिगत स्वार्थका कारणले एकताले पूर्णता नपाउँदै विभाजनतिर गयो” उहाँले भन्नुभयो, “ कम्युनिष्ट आन्दोलनलाई जोगाउन पार्टी र जनताको हितमा काम गर्नुको विकल्प छैन ।”
पार्टीलाई जोगाउन व्यक्तिगत नभई पार्टी र जनताको हितमा राखेर काम गर्नुपर्ने बताउँदै उहाँले एमालेमा पनि पछिल्लो पटक व्यक्तिगत स्वार्थले गर्दा पार्टी विभाजनतिर पुगेको भन्दै तर त्यसलाई जोगाउनेतिर आफूहरु लागेको जनाउनुहुन्छ । “हिजो देखिएका कमजोरीलाई हटाएर अगाडि बढ्नुपर्दछ,” उहाँले भन्नुभयो, “हामी पार्टीभित्र देखिएका कमजोरी हटाएर पार्टीलाई एकताबद्ध बनाउन लागिपरेका छौँ ।”

जननेता भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज  मदन भण्डारी फाउण्डेशनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र ९पुस्तक० आधारित अन्तरक्रियामा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलबाट हुने स्पष्ट गर्नुभयो । एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीहरुमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूुरा गर्न जबज सार्थक रहेको टिप्पणी गर्नुभयो । ‘‘एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरि धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ ।’’ उहाँले भन्नुभयो, ‘‘एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।’’

कार्यदलका अर्का सदस्य रघुजी पन्तले अव पार्टीभित्र देखिएका विवाद समाधान गरिने बताउँदै भन्नुभयो, “अहिले कार्यदल बनेको छ । अब त्यो कार्यदलले कसरी काम गर्छ त्यही आधारमा पार्टी एकताबद्ध हुन्छ ।”

एमालेका युवा नेता ठाकुर गैरेले नेकपाको एकता बचाउन नसकेपनि एमालेको एकता बचाउनुपर्ने बताउनुहुन्छ । “नेकपाको एकता कायम होस् भन्ने हामीले चाहेका थियौ तर त्यो एकता सम्भव भएन,” उहाँले भन्नुभयो, “ अब हामीले एमालेको एकतालाई भने जोगाउनुपर्छ ।” उहाँले पार्टीभित्र देखिएका विवाद समाधान गर्न गठित कार्यदलले एमालेको एकतालाई जोगाउने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यदलले पार्टी २०७५ जेठ २ गते अगाडिको पूर्ववत अवस्थामा फर्कने कि २०७७ फागुन २८ गतेको निर्णयलाई आधार मानेर अगाडि बढ्ने विवादको सेरेफेरोमा खाका तयार गरी शीर्ष नेतालाई प्रतिवेदन दिनेछ । 

–प्रकाश सिलवाल/शरद् शर्मा