२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

बिहिबार बैठक सुरु हुने बित्तिकै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले एक सय किलो सुन तस्करीमा सरकार तथा गृहमन्त्रीकै संलग्न रहेको भन्दै विरोध जनाएका थिए । एमालेका सांसदहरुले करिव १० मिनेट आफ्नो सिटमै उभिएर केहि नबोली सुनसान बिरोध जनाएका थिए ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले बैठकमा सहभागी रहि आफ्ना धारणा राख्न अनुरोध गरेका थिए । एमाले सांसदले उभिएरै निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सेनाले साउन २२ गते आइतबार दिउसो एक बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराए।